Need help dealing with violent or distressing online content? Learn more

नेपाली (Nepali)

नेपाली भाषामा अनलाइन सुरक्षा सल्लाह र संसाधनहरू खोज्नुहोस्।

इलेक्ट्रोनिक सुरक्षा आयुक्त (eSafety)

इलेक्ट्रोनिक सुरक्षा आयुक्त (eSafety) अनलाइन सुरक्षाको लागि अष्ट्रेलियाको स्वतन्त्र नियामक हो। हामी अष्ट्रेलियाको सरकारी निकाय हौं। 

eSafety ले सबै अष्ट्रेलियालीहरूलाई अनलाइन हानिहरूबाट सुरक्षित राख्न मद्दत गर्दछ र सुरक्षित, थप सकारात्मक अनलाइन अनुभवहरू प्राप्त गर्ने तरिकाहरू प्रवर्द्धन गर्दछ। मानिसहरूले दुर्व्यवहार वा हानिको अनुभव गर्ने अनलाइन मंचहरू र फोरमहरूमा अष्ट्रेलियालीहरूलाई सुरक्षा दिने हामीसँग धेरैजसो कानुनी अधिकारहरू छन्।

eSafety सँग नि:शुल्क अनलाइन सुरक्षा कार्यक्रमहरू र संसाधनहरू पनि छन्। 

eSafety ले गम्भीर हानिकारक अनलाइन सामग्री हटाउन मद्दत गर्न सक्छ। गम्भीर हानिकारक सामग्रीमा निम्न समावेश हुन सक्छन्:

उजूरी कसरी गर्ने भनेर जान्नको लागि यहाँ जानुहोस्eSafety.gov.au/report

eSafety मा उजूरी गर्न मद्दत चाहिएमा दोभाषेको लागि तपाईंले 131 450 मा अनुवादन र दोभाषे सेवा (Translating and Interpreting Service) लाई पनि फोन गर्न सक्नुहुन्छ।

तपाईंले यस पृष्ठको अंग्रेजीमा भएका भागहरू पढ्न गूगल अनुवादन सेवा प्रयोग गर्न सक्नुहुन्छ।

On this page:

Social media age restrictions

१६ वर्षभन्दा कम उमेरकाहरूका लागि सामाजिक सञ्जालमा उमेर हदबन्दी 

सामाजिक सञ्जाल कानून अनुसार अनलाइन प्लेटफर्महरूले १६ वर्ष मुनिका अष्ट्रेलियालीहरूलाई सामाजिक सञ्जाल खाता खोल्न अनुमति नदिन उल्लेख गरेको छ।

यहाँ केही सुझावहरू छन् जसले तपाईंलाई सम्पर्कमा रहन र तपाईंले राख्न चाहनुभएको चिज सुरक्षित राख्न मद्दत गर्नेछ।

Adult cyber abuse

वयस्क साइबर दुर्व्यवहार सटीक निर्देशिका

यो निर्देशिकाले वयस्क साइबर दुर्व्यवहार के हो, यदि तपाईंले यो अनुभव गर्नुभयो भने के गर्ने, र कसरी उजुरी गर्ने र मद्दत प्राप्त गर्ने भनेर व्याख्या गर्दछ।

How to use critical thinking to stay safer online

अनलाइन सुरक्षित रहन आलोचनात्मक सोचको प्रयोग कसरी गर्ने?

मानिसहरूले अनलाइनमा सेयर गर्ने केही चीजहरू सत्य र उपयोगी हुन्छन्। अनलाइनमा हुने अन्य केही चीजहरू मिथ्या वा असुरक्षित हुन्छन्। तपाईंले अनलाइनमा देखिने कुराको फरक छुट्याउन सिक्नु भनेको आलोचनात्मक रूपमा सोच्नु हो

How to take control of what you see online

अनलाइनमा देखिने कुरालाई कसरी नियन्त्रणमा राख्ने

हरेक पटक तपाईं अनलाइन हुँदा, तपाईंले हेर्ने कुरामा अल्गोरिदमले प्रभाव परिहेको हुन्छ। यसले तपाईंलाई बिस्तारै 'इको चेम्बर' तिर धकेल्न सक्छ। इको चेम्बर भनेको त्यस्तो ठाउँ हो जहाँ तपाईंले समान किसिमका जानकारी वा सामग्रीहरू मात्र बारम्बार सुन्न र देख्न सक्नुहुन्छ

Thriving online when you’re neurodivergent

न्यूरोडाइभर्जेन्ट (स्नायु-विविधता भएको) व्यक्तिको रूपमा अनलाइनमा फस्टाउँदै हुनुहुन्छ

न्यूरोडाइभर्जेन्ट हुनु भनेको तपाईंको मस्तिष्कले आफ्नै अनौठो तरिकाले काम गर्नु हो र यो एउटा सबल पक्ष हो। सिक्न, सिर्जना गर्न र जोडिनको लागि इन्टरनेट एक अद्भुत ठाउँ हुन सक्छ, तर यसले चुनौतीहरू पनि निम्त्याउन सक्छ। यो निर्देशिकाले तपाईंको अनलाइन अनुभवहरूलाई सुरक्षित, सहयोगी र सशक्त महसुस गराउने गरी अनुभव गर्न मद्दत गर्नेछ

Domestic and family violence

प्रविधिमा आधारित घरेलु, पारिवारिक तथा यौन हिंसाको सामना गर्ने

यो छोटो मार्गनिर्देशिकाले अनलाइन र डिजिटल प्रविधिलाई कसरी घरेलु, पारिवारिक तथा यौन हिंसाको हिस्साको रूपमा कसैलाई दुर्व्यवहार वा नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ भनेर वर्णन गर्दछ। यसमा कसरी लक्षणहरूको पहिचान गर्ने, रिर्पोट गर्ने र मद्दत प्राप्त गर्ने भन्ने कुराहरू समावेश गरिएका छन्।